Oct 03, 2018

न्युज प्रिन्ट साप्ताहिक, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ


नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ आफ्नो तेस्रो महाधिवेशनको मैदानमा जुटेको छ । नयाँ नेतृत्वसहित ३८ सदस्यीय केन्द्रीय समितिको चयन गर्ने यो महाधिवेशन आगामी असोज २६ र २७ गते काठमाडौंमा हुने भएको छ । महासंघको केन्द्रीय समितिको गत साउन १९ मा सम्पन्न नवौँ पूर्ण बैठकले महाधिवेशनको मिति घोषणा गरेको थियो । महाधिवेशनको मिति घोषणासहित महाधिवेशनको तयारीमा जुटेको महासंघले १०१ सदस्यीय महाधिवेशन मूल समारोह समिति समेत घोषणा गरिसकेको छ । ‘मेरो अध्यक्षतामा १०१ सदस्यीय महाधिवेशन मूल समारोह समिति घोषणा भएको छ,  महाधिवेशन सभ्य र भव्यतापूर्वक सम्पन्न गर्न अन्य ३१ वटा उपसमिति समेत घोषणा गरेर हामी मैदानमा उत्रिसकेका छौँ,’ महाधिवेशन मूल समारोह समितिका संयोजक एवं वर्तमान अध्यक्ष धनराज आचार्यले न्यूजप्रिन्ट साप्ताहिकलाई बताउनुभयो ।