Oct 03, 2018

न्युज प्रिन्ट साप्ताहिक, नेपालमा छापाखाना

न्युज प्रिन्ट साप्ताहिक, नेपालमा छापाखाना
वि.सं. १९०६ साल माघ ४ गते नेपालका तत्कालीन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणा बेलायत सरकारको निमन्त्रणामा बेलायत भ्रमणमा निस्किए, उनी झण्डै साढेचार महिनामा अर्थात १९०७ साल जेठ १५ गते बेलायत पुगे त्यहाँ झण्डै ३ महिना बिताए पछि उनी १९०७ भदौ ६ गते फ्रान्स तिर लागे र ७ गते पेरिस पुगे । ४० दिन पेरिस बसेर उनी नेपाल फर्कने क्रममा भारतको बम्बई प्रस्तान गरे । यूरोपमा करिब ४ महिना बस्दा जंगबहादुर र उनी सँग गएको २५ जनाको टिमले भव्य स्वागत, अनेकौ उपहार मात्र पाएनन् त्यहाँ भएको विकास निर्माण, शिक्षा, सम्यता, भव्यता, प्रविधिबाट चकित र प्रभावित बने । उनले नेपालमा पनि अनधुनिक भवन बनाउनु पर्छ भनि त्यहीबाट कालीगढ झिकाएर थापाथली दरबार बनाए भने अङ्ग्रेजी पढाउन १९१० मा दरबार हाइस्कूल स्थापना गरे ।