Nov 05, 2018

काभ्रे मुद्रण उद्योग संघको पाँचौ वार्षिक साधारण सभा

काभ्रे मुद्रण उद्योग संघको पाँचौ वार्षिक साधारण सभा सम्पन्न
२०७५ कार्तिक १७ गते, शनिवार

काभ्रे मुद्रण उद्योग संघको पाँचौ वार्षिक साधारण सभा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष माधव के.सी.को प्रमुख आतिथ्यतामा सम्मन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष के.सी.ले महासंघमा आवद्ध जिल्लाहरुलाई एक ढिक्का भई प्रेसका समस्यामा जुध्न आवश्यक भएको बताउनु भयो । सोही कार्यक्रममा महासंघका महासचिव पुष्कल गौतम, केन्द्रीय सदस्यहरु कौशलराज खड्का र कुयाङ दोर्जे लामा काठमाडौंका सल्लाकार अरुण सापकोटा, उपाध्यक्ष धननारायण श्रेष्ठ, सि.एस. प्रिन्टर्सका प्रोप्राइटर भीमप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा जेष्ठ सदस्य ६ दसक सम्म मुद्रण व्यवसाय गरेका तुलसी सेवाचाईलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । कार्यक्रम काभ्रे मुद्रण उद्योग संघका अध्यक्ष जगन्नाथ खड्काको सभापतित्व सम्पन्न भएको थियो ।