May 01, 2019

आज १३० औं मजदुर दिवस

मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी  १३० औं मजदुर दिवस मनाइँदै छ।  ८ घण्टा काम, ८ घण्टा आराम र ८  घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो। नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो।